Sajhamanch Archive

अवैधानिक नेपालीलाई समयमै स्वदेश फर्किन दूतावासको आग्रह

Published: (Updated: ) in परदेश (प्रवास) by .

मलेसिया ।   अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो ।

मलेसिया सरकारले अबैधानिक कामदारलाई आइतबारदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ देखी भन्दै आएको थियो ।

वैधानिक बन्न दिएको समयमा दर्ता प्रक्रियामा  छुटेका र नआएका अवैधानिक विदेशी कामदारलाई अब स्वदेश फर्किनुको विकल्प नरहेको र दोषी कामदार र रोजगारदातालाई ५० हजार रिंगिट वा ५ बर्ष जेल अथवा दुबै सजाय पनि हुन सक्ने मलेसियाको अध्यागमनका निर्देशक मुस्ताफिर अलिको भनाइ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०१६ फेब्रुअरीदेखि सुरु भएको अवैधानिक कामदारलाई वैधानिक बन्ने प्रक्रिया शनिबारदेखि सकिएको छ ।  वैधानिक बन्ने समयसिमा सकिए पनि स्वदेश फर्किनलाई भने २०१८ को अगस्ट ३० सम्मको समय दिइएको छ ।

नेपाली दूतावास मलेसियाले पनि समय अघिनै स्वदेश फर्किन अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई बारम्बार आग्रह गर्दै आएको छ ।उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *