Sajhamanch Archive

‘३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामायाको स्वास्थ्यस्थिति नाजुक’

Published: (Updated: ) in समाज by .

काठमाडौं। ३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामाया अधिकारीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले गगांमायाको स्थिति गम्भीर रहेको जानकारी दिए ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अधिकारी अनशनरत छिन् ।

यसैबीच नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, मानव अधिकारकर्मी चरण प्रसाई लगायतको टोलीले आज अधिकारीको स्वास्थ्यस्थितिबारे अस्पताल पुगेर जानकारी लिएको छ ।

सरकारले गंगामायाको मागको सुनुवाइ गर्नुपर्ने उनीहरुले बताए ।

छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनशनमा बस्दै गर्दा गंगामायाका पतिको यसअघि नै निधन भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *