Sajhamanch Archive

अब विमानहरू कमी हुँदैन :मन्त्री अधिकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडाैं।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानहरूको कमी हुन नदिने दाबी गरेका छन्।

मन्त्री अधिकारीले सरकारले जमानी बसेर पनि विमान खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिएका हुन्।

काठमाडौंमा आइतबार आयोजित नेपाल वायु सेवा निगमको ६०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई उडानलाई प्रतिस्पर्धी बनाउन निगमका कर्मचारीहरूलाई पनि कडा निर्देशन दिए।

निगमका कर्मचारीहरू एकले अर्काको कुरा काटेर बस्ने गरेको पाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसो नगर्न सचेत गराए।

उनले दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने गरी उडानको क्षेत्रलाई व्यवस्थित बनाउने दायित्व निगमका कर्मचारीहरूको रहेको पनि बताए।

कार्यक्रममा बोल्दै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई अघि बढाउन जनशक्तिको अभाव रहेको बताए।

उनले निगमलाई प्रतिस्पर्धी बनाउन हवाई उडानको गुणस्तरमा विशेष ध्यान दिने योजना पनि सुनाए।

नेपाल वायु सेवा निगमले कर्मचारीहरूको सेवा र सुविधालाई भन्दा पनि कामलाई उच्च प्राथमिकता दिँदै आएको दावी पनि गरेको छ।थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *