Sajhamanch Archive

झापाको जामुनखाडीमा दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं.१ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा भद्रपुर नगरपालिका वडा नं.९ निवासी २६ बर्षिया सुजन पोखरेलको मृत्यु भएको हो ।

इलामको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको सिमन यातायातको बसले मे ११ प ८९७७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए ।

दुर्घटना आज बिहान करिब ९ः३० तिर भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परेर घाईते भएकाहरुको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक सिराहा गोलबजारका २९ बर्षिय विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *