यौनाङ्ग देखाई अभद्र व्यवहार गर्ने युवा जेल चलान
Published:
by .स्याङजा । यौनाङ्ग देखाई अभद्र व्यवहार गर्ने आँधीखोला गाउँपालिकाका एक युवा जेल चलान भएका छन् ।
महिलाहरुलाई यौनाङ्ग देखाएर अभद्र व्यवहार गर्ने आँधीखोला गाउँपालिका वडा नं.५ का २८ वर्षीय बाबुराम विक कारागार चलान भएका हुन् । आरोपितले धरौटी बापतको रकम बुझाउन नसकेपछि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
विकलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा मुद्धा दर्ता गरेको हो । विकले साउन २२ गते दिउँसोको समयमा महिलालाई यौनाङ्ग देखाई अभद्र व्यवहार गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले विकसँग ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक नवीककृष्ण भण्डारीले जानकारी दिएका छन् ।
Comments