Sajhamanch Archive

फरक फरक ठाउँबाट १२ सुनचाँदी व्यवसायी पक्राउ

Published: in समाज by .

बर्दिया । बर्दियाको गुलरिया, बाँसगढी र राजापुर बजारमा सञ्चालन गर्दै आएका १२ जना सुनचाँदी पसलका सञ्चालकहरूलाई कालो बजारी र ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।

उपभोक्ताहरूको हित संरक्षणको लागि अनुगमन गर्दा सुनमा आठ प्रतिशतसम्म मिसावट भएको पाइएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

गुनास्तर तथा नाप तौल विभाग काठमाडौं परीक्षण गर्दा आठ प्रतिशत सुनमा अन्य धातु मिसाइएको पाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर मुरुम्बाङले बताए।

पत्रकार सम्मेलन १२ जना व्यापारीलाई शनिबार साँझ पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी मुरुम्बाङले जानकारी गराए।

सुन पसल सञ्चालकहरूलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही हुने बताइएको छ। ऐनमा साजायअन्तर्गत ९ महिना कैद वा दुई लाखसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधान छ।

पक्राउ पर्ने गुलरिया बजारका न्यू स्यांज्या गण्डकी सुनचाँदी पसल, गण्डकी सुनचाँदी पसल, राप्ती लुम्बिनी सुनचाँदी पसल, राजापुर बजारका दंगाली सुनचाँदी पसल, लुम्बिनी सुनचाँदी पसल र फूलाराम ज्वोलर्सका सञ्चालाकहरू रहेका छन्।

त्यसैगरी बाँसगढी बजारमा सञ्चाली गण्डकी सुनचाँदी पसल, मोडेल सुनचाँदी पसल, सीता सुनचाँदी पसल, पोखरा सुनचादी पसल, पर्वत मनिसा सुनचाँदी पसल र स्यांजा सुनचाँदी पसलका सञ्चालकहरू रहेका छन्।थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *