Sajhamanch Archive

कमल गाउँपालिकाका सहकारीहरु एकीकरणको तयारीमा

Published: in सहकारी by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो २० औं वार्षिकोत्सवमा अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा कमल गाउँपालिका भित्र एउटै उद्देश्य राखेर सञ्चालित कमल – २ मा रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र कमल ६ स्थित ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था बीच क्रमागत एकताका विषयमा छलफल भएको थियो । त्यस्तै स्थानिय तहमा रहेका सहकारी बीच गाउँपालिका स्तर सहकारी संजाल गठन तथा आगामी जुलाई ७ तारिक (असार २३ गते ) सम्पन्न हुने अन्तराष्ट्रिय सहकारी दिवस मनाउने सम्बन्ध छलफल भएको नवोदय बहुउद्देश्यीय सहकारी संस्थालका व्यवस्थापक फणिन्द्र बहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले गाउँपालिका भित्र रहेका सहकारी बीच एकता हुन लागेकोमा शुभकामना दिदै आगामी दिनमा सहकारीले सदस्यहरुलाई व्यवसायिक तिर लगाउनु पर्ने बताउँदै यसमा गाउँपालिकाले पनि सहयोग गर्ने बताईन् ।

त्यसैगरी सहकारीले अव बचत र कर्जाको मात्र कारोवार गरेर नहुने भएकोले संस्थाले सदस्य केन्द्रित कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको श्री पुर्व नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष शालिकराम पोख्रेलले बताए । एकै प्रकृतिका सहकारी बीच एकिकरण हुनेका कसैको दुईमत नरहेको समेत पोख्रेल जाकारी दिए ।
सहकारीले सदस्य माझ बचत र लगानी गर्नुृ भन्दा त्यसले सदस्यको जिवन स्तरमा कति परिवर्तन भयो भन्ने कुरा गहन भएको ा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिकाका सहकारी विभागका विभागिय प्रमुख नरप्रसाद दंगाल बताए ।

गाउँपालिकाले सहकारी ऐन बनाउन लागेको जानकारी गराउदै गाउँपालिकामा रहेका ५० भन्दा वढी सहकारीलाई मान्य हुने ऐन बनाउन सबैको सल्लाह सुझाव समेत आवश्यक हुने दंगालले जानकारी दिए ।

यसैबीच कार्यक्रममा गाउँपालिकामा रहेका सहकारी बीच एकताका लागी बलराम गजुरेलको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको छ । जसमा सदस्यहरु प्रेम सापकोटा र मनमाया सिटौला रहेका छन् ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलिपकुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *