Sajhamanch Archive

मेयरले मनपरी गरेको भन्दै ५ वडा अध्यक्षहरु अनसनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् ।

नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

मेयर रामशंकर मिश्र तथा इन्जिनियर माधवेन्द्र चौधरीको मिलेमतोमा विभिन्न अनियमित काम भइरहेको उनीहरुको दाबी छ ।

जलेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष बरुण दाहाल, वडा नं. ६ का अध्यक्ष रविन्द्रप्रसाद साह, वडा नं. ७ का वडाध्यक्ष रामछविला यादव, वडा नं. ८ का वडाध्यक्ष विजय सिंह तथा वडा नं. १० का वडाध्यक्ष विकाउ दासले आजबाट ११ बुँदे मागसहित रिले अनसन सुरु गरेका हुन् ।

– अनलाइन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *