Sajhamanch Archive

झापामा कांग्रेस संघीय संरचनामा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड। संघीय संरचना अनुसार झापामा नेपाली कांग्रेसको क्षेत्रीय समिति समायोजन गरिएको छ ।

स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम व्यवस्था निर्देशिका–२०७६ अनुसार पार्टीको क्षेत्रीय समितिलाई संघीय संरचना अनुसार समायोजन गरिएको कांग्रेस झापा सभापति उद्धव थापाले जानकारी दिए ।

सात वटा निर्वाचन क्षेत्रअनुरुप क्रियाशील क्षेत्रीय समितिहरुलाई संघीय संरचना अनुसार ५ वटा बनाइएको उनले बताए ।

सभापति थापाले सहमति, भूगोल, क्षेत्रीय तथा क्रियाशील सदस्य संख्या, कार्यगत जेष्ठता तथा गोला प्रथाबाट झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति चयन भएको बताए ।

क्षेत्रीय सभापतिहरुमा झापा क्षेत्र नं.१ मा मणि उप्रेती, २ मा खगेन्द्र मैनाली, ३ मा गणेश पोखरेल, ४ मा जयनारायण शाह र ५ मा ढुण्डी भण्डारी सर्वसम्मत मनोनित भएका छन् ।

त्यस्तै उपसभापतिमा क्षेत्र नं. २ मा धर्म लक्सम्बा, ३ मा नविन विमली, ४ मा भीम राजवंशी र ५ मा रोहितकुमार शाह चयन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *