जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
Published:
by .
अछाम । किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा अछाममा एक जना पक्राउ परेका छन् ।
तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विक पक्राउ परेका हुन् ।
१६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेको अछाम जिल्ला प्रहरीले जनाएको छ । गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।
Comments