Sajhamanch Archive

बजेट आश्रित विधेयकमाथि छलफल हुँदै  

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल हुने भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति हुन नसकेपछि प्रतिनिधिसभामा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल गर्न लागिएको हो ।

बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २२ औं संशोधन विधेयकमाथि छलफल सुरु हुनेछ । गत शुक्रबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले ती विधेयक प्रस्तुत गरेका थिए ।

संशोधन दर्ताको ७२ घण्टे समय सकिएसँगै आज ती विधेयकमाथि छलफल हुन लागेको हो । विनियोजन विधेयक गत शुक्रबार नै पारित भइसकेको छ ।

बजेट आश्रित थप तीनवटा विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित हुनेछ । सरकारले गत जेठ १५ गते १३ खर्ब १५ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको थियो ।इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *