Sajhamanch Archive

दाङ, बाँके र बर्दियाका बिभिन्न ठाउँ डुबानमा :बाढीमा डुबेर एक जना बेपत्ता

Published: (Updated: ) in प्रदेश तह by .

दाङ । लगातार परिरहेको पानीका कारण दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
वीरगंज लगायतका अरु केही ठाउँ पनि जलमग्न भएका छन् ।

बिहान आएको  बाढीमा डुबेर एक जना हराएका छन् । बाँके बैजनाथ गाउँपालिका ३ का ६५ वर्षिय  तुलाबहादुर बुढा जेठी नालामा डुबेर हराएका प्रहरीले जनाएको छ । बुढाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दाङको देउखुरी उपत्यका जलमग्न वर्षाका कारण दाङ देउखुरी उपत्यदाङका जलमग्न भएको छ ।
पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् ।
स्थानीय खोलामा बाढी आउँदा लमही—तुल्सीपुरको यातायात सेवा प्रभावित भएको छ ।

दाङको बबइखोला, कटुवाखोला, गुर्जेखोला, पत्रेखोला ग्वारखोलामा बाढी आएका कारण गाडी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नं ६ खैरी निवासी सुदन खनालले बताए।
‘घरहरुमा पानी पसेको छ’उहाले भन्नुभयोे–‘घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ ।’

राप्ती, बबई र अरु नदी तथा खोलाका कारण ठाउँठाउँमा डुबानको खतरा रहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ ।

त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान सहित उच्च सतर्कता अपनाईएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए।

बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बवई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको तीन दर्जन वडाहरुलाई तोकिएको छ’ उनले बताए ।

बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ ।’

जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामाग्री सहित एकरएक वटा रवर बोट र खोज उद्धार टोली तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

साथै पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाईतोकिएको सुचना व्यवस्थापन अधिकृत दाहालले जानकारी दिनुभयो ।

पहिरोको मध्यम जोखिम क्षेत्रकारुपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् ।

दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरुलाई प्रभावित बनाउने देखिएको छ ।

४ वटा स्थानीय तहका अधिकांश वडाहरुमा बाढी पस्यो भने एक हजार घरधुरी प्रभावित हुनेछन् भने ५ हजार जनसंख्यालाई असर पर्ने देखिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

बर्दियाका ठाउँ ठाउँमा डुबान
लगातार परेको पानीका कारण वर्दियाका ठाउँ ठाउँमा घर डुबानमा परेको छ । वर्दियाको मधुवन नगरपालिका ५ र शुक्रवस्तीका ३४ घर डुबानमा परेको छ ।
स्थानीय खोलानालामा आएको बाढी र वर्षाका कारण त्यहाँका घर डुबानमा परेको मेयर गणेश केसीले बताए।

डुबान प्रभावितहरुलाई स्थानीय मधुवन शुक्रमाविमा राखिएको छ ।

प्रभावितलाई चाउचाउ लगायतका खानेकुरा वितरण गरिएको छ । नगरपालिका र प्रहरीले संयुक्त रुपमा विस्थापितको उद्दार गरेका हुन् । वर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढीलगायतका ठाउँमा पनि बाढीले घर डुबानमा परेका छन् ।

नेपालगञ्ज जलमग्न

१२ घण्टादेखिको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन्।

न्यूरोड, बेलासपुर, बसपार्क रोडलगायतका ठाउँ पानीले डुबेका छन् ।
सडक जलमग्न भएका कारण मानिसलाई हिँडडुल गर्न कठिनाई भएको छ ।

डीबीकोे सहयोगमा निर्माणाधीन सडक तथा ढल निर्माण कार्य भैरहेको हुँदा सडक झनै जलमग्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँँकेका एसपी टेकबहादुर तामाङले राप्ती नदीमा पानीको सतह सामान्य रहेको जानकारी दिए । उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *