Sajhamanch Archive

चन्द्रगढीमा सुपथ मूल्यको कृषि पसल सञ्चालनमा

Published: (Updated: ) in सहकारी by .

भद्रपुर । भद्रपुर ७ स्थित चन्द्रगढीमा प्राङ्गारिक कृषि उपज तथा तरकारी पसल सञ्चालनमा आएको छ ।

पहिलो पाइला कृषि बहुउद्देश्यीय सहकारीले १० लाख लगानीमा आग्र्यानिक कृषि उपज विक्री वितरण गर्ने गरी सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।

झापा क्षेत्र नम्वर ३ (क) का प्रदेश संसद बसन्तकुमार बानियाँले उद्घाटन गर्दै सो कार्यक्रममा विषादी रहित खाद्यान्न उत्पादनमा पसलको भूमिका महत्वपूर्ण हुने धारणा राखे । संसद बानियाले कृषि उत्पादनमा राज्यले नीतिगत धारणा सहित लगानी गरिरहेको उल्लेख गर्दै प्राङ्गारिक उत्पादनमा प्रोत्साहको नीति रहेको प्रष्ट पारे ।

संस्थाका अध्यक्ष समिपकुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्राइम बैंक चन्द्रगढीका शाखा प्रमुख हेमन्त न्यौपाने, अर्जुधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *