Sajhamanch Archive

सुनसरीमा भारतीय पिकअप दुर्घटना ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

सुनसरी । सुनसरीमा भारतीय नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।

गएराति पूर्वबाट पश्चिम जाँदै गरेको बीआर ०६ पी बी ६४१८ नम्बरको भ्यान सप्तकोशी कटान क्षेत्रमा दुर्घटना भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए।

पिकअफ भ्यान अनियन्त्रित भई कोशी कटान क्षेत्रको भंगालोमा दुर्घटना हुँदा भारत बिहार सुपौल निवासी सञ्जीव कुमार र सोही स्थानका गोनु कुमारको ज्यान गएको छ।

ज्यान गुमाउने अन्य चार र घाइतेहरूको नाम खुल्न नसकेको एसपी अधिकारीले जानकारी बताए। मृतक सबैको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ। घाइते सबैको उपचार विराटनगरस्थित सञ्जीवनी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *