Sajhamanch Archive

धरानमा ग्याङ फाइट, एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

सुनसरी । सुनसरीको धरानमा सोमबार राति दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा प्रहारबाट धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

उनीहरुबीच धरान–१३ स्थित फुस्रेमा ग्याङ फाइट भएको थियो। सोही क्रममा मृतक राईको पेटमा छुरी प्रहार भएको थियो। गम्भीर बनेका राईको उपचारको क्रममा मृत्यु भएको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्रहरी पोष्ट प्रमुख सइ तिलक गिरीले जानकारी दिए।

घटनामा धरान–१३ का सुवर्ण राई घाइते भएका छन्। घाइतेको सोही प्रतिष्ठानमा उपचार भैरहेको छ। आक्रमणमा संलग्नमध्ये एकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *