Sajhamanch Archive

सेवाग्राही मैत्री बन्न सकेन मेची अञ्चल अस्पताल

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य by .

भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पताल व्यवस्थापकीय कमजोरीका कारण सेवाग्राही मैत्री बन्न नसक्दा विरामी निजी अस्पताल धाउनु पर्ने बाध्यतामा पर्ने गरेका छन् ।

प्रशासनको जिम्मेवारी लिएका मेडिकल सुपरिटेन्डनले सन्तुलित सेवा प्रवाहमा आफू मातहतका डाक्टर लगायत कर्मचारी परिचालन गर्न नसक्दा अस्पतालमा उपचारमा आउने विरामी निजी क्लिनिक वा अस्पताल धाउन बाध्य हुने गरेका हुन् ।

स्वास्थ्य विमा लागु भएपछि विरामीको भिडभाड बढ्न थालेको अस्पतालमा विशेषज्ञ डाक्टरहरूले समयमा उपचार कक्षमा नआई दिने, विरामीसित मित्रवत व्यवहार नगरिदिने, एउटा टक्टरले हेरेको विरामी अर्को डक्टरले हेर्न नमान्ने तथा निजी क्लिनिकमा आउन बाध्य पार्ने व्यवहारका कारण अञ्चल अस्पतालको उपचार सेवाको विश्वास घट्दै गएको पीडितहरू बताउने गर्दछन् । पछिल्लो पटक स्वास्थ्य विमा गरेका विमितले उपचार सेवा लिँदा अस्पतालको फार्मेसीबाट अनावश्यक रकम काटिने गरेको समेत सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।

गरीब असाह्य तथा निरिह नागरिकको स्वास्थ्य उपचार केन्द्रको परिचयमा सिमिति रहँदै आएको अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरू समयमा अस्पताल आई नपुग्ने, सरकारले तोकेको समय सीमाभर नबस्ने तथा निजी अस्पताल र क्लिनिक धाउने परिपाटीका कारण विरामीहरू समस्यामा पर्ने गरेको गुनासो गर्छन् । मेची अञ्चल अस्पताल बचाऔं अभियानका अभियन्ता रूद्र निरौलाका अनुसार सरकारको लगानी नागरिकको स्वास्थ्य उपचारमा परिचालन गरेर व्यवस्थपन हुन नसक्दा अस्पतालमाथि जनविश्वास गुम्दै गएको हो । विशेषज्ञ सेवा भएको अञ्चल अस्पताल भित्र आन्तरिक कलहले प्राथमिकता पाउँनु जनश्वास्थ्यमाथि खेलवाड रहेकोले नेतृत्वले तत्काल रोक्नु पर्ने माग निरौलाको छ ।

यता मेची अञ्चल असपतालका मेडिकल सुपरिटण्डन डा. पिताम्वर ठाकुर भने अञ्चल अस्पतालमा सेवाग्राही मैत्री वातावरण रहेको दावी गर्छन् । कहीलेकाँही केही कमी कमजोरी भए तत्काल सुधार गर्न आफू प्रतिबद्ध भएर लागिरहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *