Sajhamanch Archive

सप्तकोसीमा पानीको बहाव बढ्यो : रातो बत्ती बालियो 

Published: (Updated: ) in प्रदेश तह by .

विराटनगर  ।  पूर्वी पहाडी जिल्लामा भएको वर्षासँगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीका कारण सप्तकोसी नदीको जलस्तर बढेको छ ।
यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्। दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो। बिहीबार बिहानबाट कोशीको जलस्तर लगातार बढिरहेको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सूचक रातो बत्ती बालिएको छ।
ब्यारेजको पूर्व र पश्चिममा दुई वटा रातो झण्डा गाडिएको छ। डिएसपी चिमरियाका अनुसार यो सिजनको सबैभन्दा उच्च पानीको बहाव रेकर्ड भएको हो।
निर्माण ताका ६४ बर्ष अघि १२ लाख क्यूसेक पानी नियन्त्रण गर्ने क्षमताको कोसी ब्यारेजमा बालुवा भरिएको कारण नदीको सतह माथि आएकाले अहिले ६ लाख क्युसेक भारमात्र बहन गर्ने प्राविधिकहरु बताउँछन्।
२०६५ साल भदौमा कोसीको पूर्वी तटबन्ध भत्काएर कोसी नदी गाउँ पसेको थियो। जसबाट नेपाल र भारतका हजारौँ मानिस घरबार वीहिन भएका थिए।
ईनरुवा पश्चिम रहेको सुनसरी खोलामा आएको बाढी गाउँ पस्दा ५० परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताए।
इनरुवा नगरपालिकाको दक्षिणी क्षेत्र, भोक्राहा, नरसिंह लगायतका बस्तीमा सुनसरी खोलाको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *