Sajhamanch Archive

तोडफोड गर्ने सांसदमाथि कारवाही नभए उडान बन्द गर्ने चेतावनी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम दिएको हो ।

उक्त समयावधिभित्र पनि कुनै कारवाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने चेतावनी आयोनले दिएको छ । यस्ता गतिविधि निरन्तर दोहोरिएको भन्दै सुरक्षाका कारणले पनि उडान बन्द गर्नु पर्ने अवस्था आउने आयोनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्लाही १ का सांसद साहले सामेबार बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै बिमानस्थलमा रहेको बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *