Sajhamanch Archive

‘नालापानी’ छायांकन सकियो : भिएफएक्ससहित सम्पादनमा टिम

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं ।  फिल्म नालापानीको छायांकन सकिएको छ। तीन महिनाको लगातार छायांकनपश्चात ‘नालापानी’को हाल सम्पादनको काम भइरहेको छ।

नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरिता विश्वले उच्च मूल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यस फिल्म हाल बिजिबी इन्टरनेसनलमा धमाधम सम्पादन भइरहेको छ। फिल्मको सम्पादनसँगै भिएफएक्सको काम पनि भइरहेको छ।

भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा फिल्मका सम्पादन टिम तथा भिएफएक्स टिमसँगै रहेर काम गरेका थिए।

नालापानीको छायांकन आफूले सोचेजस्तै भएको र यो फिल्म नेपाली फिल्म  उद्योगमा एक उदाहरणीय बन्ने निर्देशक रिमेश अधिकारीले बताए।

‘हरेक नेपालीले गर्व गर्न लायक फिल्म बन्नेमा म विश्वस्त छु’ अधिकारीले भने, ‘नेपाली सेनाले समेत खुलेर फिल्मलाई सहयोग गर्‍यो। नभए २०४ वर्ष अघिको इतिहास बनाउन एकदमै कठिन थियो।

‘ निर्देशक अधिकारीले सफलतापूर्वक छायांकनमा सहयोग गर्ने सहयोगीहरू तथा वीर विभूति भलभद्र कुँवर प्रतिष्ठान, इतिहास विद प्रा.दिनेश राज पन्थ, डा.सुरेन्द्र केसी, डा.त्रिरत्न मानन्धर, डा.प्रेम सिंह बस्न्यात, प्राडा.धन बहादुर कुँवर, प्रा.रामराजा कुँवरप्रति आफू कृतज्ञ रहेको बताएका छन्।

नयाँ वर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिइएको यस फिल्म विभिन्न ऐतिहासिक स्थानहरूमा छायांकन भएको छ। नालापानीमा ऐतिहासिक स्थानहरूको दृश्य आवश्यक रहेकोले जोखिम मोलेरै भए पनि ती स्थानहरूमा छायांकन गरेको निर्माता मनोज शाक्यले बताए।

प्राचार्य रामराजा कुँवर र प्राडा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’मा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता विष्ट, प्रनिश शाक्य, महावीर विश्वकर्मा, सुस्मा भट्टराईलगायतको अभिनय रहेको छ। ‘पद्मा कुमारी फिल्मस प्रालि’ र ‘गंगानारायण फिल्मस प्रालि’को संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रूपमा रहेका छन्।

फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। विपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन्।

थाहाखबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *