Sajhamanch Archive

  प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष

Published: (Updated: ) in प्रदेश तह by .

ओखलढुंगा  ।  प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष स्थापना गरिने भएको छ ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड)को सहकार्यमा संचालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगार सम्बन्धी सूचना दिने कक्ष स्थापना गर्न लागेको हो ।

समृद्धिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आप्रवसन सूचना कक्ष स्थापना गरी वैदेशिक रोजगारीमा जानेलाई आवश्यक सुचना तथा परामर्श दिने आयोजनाका कोशी करिडोरका आप्रवाशन अधिकृत जीवन श्रेष्ठले बताउनुभयो ।

आप्रवासन सम्बन्धी सेवा नभएका प्रदेश–१ का ओखलढुंगा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र प्रदेश–२ का बारा र रौतहटमा सम्बन्धित नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय तथा राहदानी वितरण हुने इलाका प्रशासन कार्यालयहरुमा कक्ष स्थापनाको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा जान लागेका युवालाई आप्रवासन सम्बन्धी सूचना, रोजगारीमा जाने देशका प्रचलित कानुन, आफूले गर्ने काम तथा सेवा सुविधाका बारेमा सूचना र जानकारी दिएर वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले कक्ष स्थापना गर्न लागिएको हो ।

सूचना कक्षमा युवाहरुलाई स्वदेशमै उद्यमी बन्न सकिने संभावनाहरु देखाउने, स्वरोजगारमूलक तालिम दिने र वैदशिक रोजगारीमा जाने युवाहरुको संख्या घटाउने आयोजनाको लक्ष छ ।

आयोजनाले सूचना कक्ष स्थापनासँगै स्वदेशमै रहेर उद्यम गर्ने उद्यमीहरुको ग्रामीण घरेलु उद्योग प्रवद्र्धन, आपूर्ति श्रृङ्खलाको प्रर्बद्धन गर्नेछ । वैदेशिक रोजगारीबाट प्रभावित ६० प्रतिशत परिवारलाई उद्यमसँग जोड्ने आप्रवासन अधिकृत श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहने यो आयोजना नेपालका विभिन्न १६ जिल्लामा विस्तार गरिने उहाँले बताउनुभयो ।

– उज्यालो खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *