Sajhamanch Archive

कांग्रेसको आलोचनाप्रति प्रधानमन्त्रीको कडा आपत्ति

Published: (Updated: ) in राजनीति by .

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोप कडा टिप्पणी गरेका छन्। उनले शुक्रबार ट्वीट गर्दै कांग्रेसले सरकारलाई लगाउँदै आएको अधिनायकवादको आरोपको खण्डन गरेका छन्।

सरकारले विभिन ठाउँमा प्रदर्शनका गर्न निषेध गरेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ। शान्तिपूर्ण आन्दोलन गर्ने जनताको अधिकारलाई कुण्ठित गर्दै सरकारले अधिनायकवादी चरित्र देखाउँदै सरकार अघि बढेको आरोप लगाएको थियो।

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत कांग्रेसले यसअघि नेतृत्व गरेको सरकारको समेत आलोचनाका छन्। आफूहरू आन्दोलनमा हुँदा गोलीको आँखा हुँदैन भन्दै कांग्रेसले ११२ जनाको ज्यान लिएको भन्दै प्रधानमन्त्रीले आलोचना गरेका छन्।

‘हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका ऑखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, उहाँहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ’,उनले ट्वीटरमा लेखेका छन्।

उनले सरकार आलोचना सुन्ने र देशको बेथिति अन्त्य गर्नतर्फ लाग्ने उल्लेख गरेका छन्। नेपालमा जस्तो संसारका सबै देशमा जहाँसुकै प्रदर्शन नहुने भन्दै नेपालमा पनि जतासुकै हुने प्रदर्शनमा रोक लगाएको बताएका छन्।

-थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *