Sajhamanch Archive

शहिद धर्मभक्तमा छात्रबृत्ति वितरण

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आज एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयले भगवता न्यौपाने स्मृती तथा तेज बहादुर खपाङ्ग स्मृति छात्रवृत्ति र वार्षिक रुपमा विद्यालयले गर्दै आएको शैक्षिक छात्रवृत्ति समेत वितरण गरेका विद्यालयले जनाएको छ ।

भगवता न्यौपाने स्मृति छात्रवृतिबाट कक्षा १२ मा अध्ययनरत अशोक जबेगु र चन्द्रकला श्रेष्ठलाई नगद ५ हजार रुपैया र प्रमाण पत्र प्रदान गरिएको हो । उनीहरुलाई कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लले प्रदान गरेकी थिइन् ।

त्यसैगरी तेज बहादुर खपाङ्ग स्मृति छात्रवृत्तिबाट गत वर्ष सम्पन्न एसईई परीक्षा उत्कृष्ट हुने डम्बर कुमार लिम्बुलाई नगर ५ हजार र कक्षा ८ बाट उत्कृष्ट हुने सुदीप अधिकारी, आमोस गुरुङ्ग, प्रितीका सुबेदी र सविना श्रेष्ठलाई जनही नगद २ हजार ५ सय रुपैया र पमात्र–पत्र गरिएको हो ।

विद्यालयले वार्षिक रुपमा प्रदान गरिने शैक्षिक छात्रबृत्ति माध्यमिकतह तर्फ १० जना छात्र छात्रालाई जनही १ हजार ७ सय रुपैयाँ, दलित सिमान्तकृत तर्फ ४० जनालाई जनही ५ सय रुपैया तथा आधारभुत तहका तर्फ १ सय ६ जनालाई जनही ४ सय रुपैया प्रदान गरिएको विद्यालयका शिक्षक मधुसुधन अधिकारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक काजिमान पौडेलले विद्यालयका गतिविधीसाथै स्वागत मन्तव्य राखेको थिए भने शिक्षक शालिकराम पोख्रेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *