Sajhamanch Archive

उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमिफाइनमा प्रवेश

Published: in खेलकुद by .

विश्वकप २०१८ को सेमिफाइनलमा पुग्ने पहिलो देश फ्रान्स बनेको छ। फ्रान्सले उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।

क्वाटर फाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स खेलेका थिए। जसमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा विजयी प्राप्त गर्‍यो। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले खेलको ६१ औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

पहिलो गोलका रुपमा फ्रान्सका राफेल भारानेले हेड मार्फत गोल गर्दै गोल गरेका थिए। एन्टोनियो ग्रिजम्यानले कर्नरबाट दिएको बललाई भारानेले हेड मार्फत गोल गरेका हुन्। उनले खेलको ४०औँ मिनेटमा गोल गरेका हुन्। एक गोल र एक पास मिलाएका ग्रिजम्यान खेलको म्यान अफ द म्याच बने।

उरुग्वेका लुइस सुवारेजलाई खेलमा प्रतिस्पर्धीका रुपमा हेरिएको थियो। तर उरुग्वेले एक गोल पनि गर्न सकेन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *