Sajhamanch Archive

स्थानीय तहप्रति एसपी केसी असन्तुष्टि

Published: (Updated: ) in समाज by .

स्थानीय सरकारले प्रहरीहरुलाई उपेक्षा गरेको भन्दै झापा एसपीले असन्तुष्टी जनाएका छन् । सहारा नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै एसपी विष्णुबहादुर केसीले स्थानीय तहले प्रहरीप्रति अनुदार व्यवहार देखाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

उनले शान्ति सुरक्षा जस्तो गहन विषयलाई झापाका स्थानीय तहले प्राथमिकता सुचीमा समेत नराखेकोे बताए ।

स्थानीय सरकार आइसकेपछि स्थानीय तहले सुरक्षाका निमित्त बजेट छुट्याउनु पर्ने हो तर झापामा कही पनि त्यस्तो नभएको एसपी केसीले गुनासो गरे । शान्ति सुरक्षा भए मात्र विकास समृद्धि हुने भएकाले यसलाई पन्छाएर अघि बढे विकास र समृद्धिको लक्ष्य पूरा नहुने उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *