Sajhamanch Archive

थाइल्याण्डमा डुंगा दुर्घटनामा ३७ को मृत्यु, १८ बेपत्ता

Published: in राष्ट्रिय समाचार by .

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए। दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ। दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन्।

डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टी गरेका छन्। थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराइरहेकाहरूको खोजी भइरहेको जानकारी दिए। हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाइ सरकारी स्रोतले जानकारी दिएको छ।
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *