Sajhamanch Archive

‘निकासीका अवरोध हटाऊ’ :उद्योगी–व्यवसायी

Published: (Updated: ) in प्रदेश तह by .

माेरङ ।  प्रदेश १ का उद्योगी–व्यवसायीले नेपाली उत्पादन निकासीमा अवरोध नहुने वातावरण बनाउन माग गरेका छन् । निकासीमा पटकपटक भारतीय पक्षबाट अवरोध हुने गरेको भन्दै उनीहरूले यसलाई सहज बनाउन आग्रह गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग वाणिज्य संघ प्रदेश समितिले विराटनगरमा आयोजना गरेको नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिसम्बन्धी अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।

पाँचथरका अदुवा व्यवसायी गणेश पोख्रेलले अहिले पाँचथरमा दैनिक ४० ट्रिपर उत्पादन भइरहेको गोलभेडा भारत निकासीमा भारतीय अधिकारीहरूले रोक लगाएको बताए ।

अलैंची व्यवसायी महासंघका महासचिव ओमकृष्ण बिमलीले नेपालप्रतिको हेपहा प्रवृत्तिमा सुधार ल्याउने गरी नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धि पुनरावलोकन गर्न माग गरे ।

‘नेपालको निकासी हुने अत्यधिक मूल्य पर्ने बालीमा अलैंची रहेको तर त्यसको निकासीमा अत्यधिक झमेला भारतीय अधिकारीबाट खेप्दै आएका छौं,’ उनले भने, ‘नेपालको ल्याबमा चेकजाँच गराए पनि भारतको पटनामा ७ दिन गाडी अलैंची थन्काएर पुन: ल्याबमा जाँच गराउनुपर्ने बाध्यात्मक परिस्थितिले लागत मूल्य बढ्दा किसान र व्यवसायी दुबै मर्कामा पर्दै आएका छन् ।

’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अबिनास बोहराले समयानुकूल नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धि परिमार्जन हुन नसकेकाले व्यापार घाटा व्यहोर्न बाध्य रहेको बताए ।

‘उक्त सन्धिमा ट्रान्सिपमेन्ट प्रोभिजन नेपालसम्म राखे तेस्रो मुलुकबाट आयात हुने मालबस्तुको आयात खर्च घट्छ,’ उनले भने, नेपाल र भारत दुबै विश्वव्यापार संगठनको सदस्य राष्ट्र भएकाले व्यापारमा समानता हुनुपर्छ र त्यसका लागि सरकारले पहल गर्नु आवश्यक छ ।’

उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिमा विद्युतको व्यापारका बारेमा समेत उल्लेख गर्नु आवश्यक भएको बताए ।

उनले अबका दिनमा विद्युतको व्यापार गर्न नेपाल सक्षम बन्ने भएकाले त्यसका लागि पहिलेदेखि सम्पूर्ण संरचना तयार गरेर राख्नु आवश्यक भएको बताए ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष शिवशंकर अग्रबालले नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिमा नै त्रुटि रहेकाले उद्योगी व्यवसायी समस्यामा परेको बताए

कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *