Sajhamanch Archive

संविधान संशोधन गरेर अघि बढ्नुपर्छः नेम्बाङ

Published: in राजनीति by .

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने योजना पनि अघि सारे। उनले संविधान सम्झौताको दस्ताबेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई आह्वान पनि गरे।

शनिबार नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता आफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दावी समेत गरे।

उपनेता नेम्वाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अव मुलुकमा बिद्रोहको कुनै आवश्यक्ता नरहेको पनि स्पष्ट पारे।

पूर्व सभामुख समेत रहेका उनले आवश्यक्ता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्नेमा पनि जोड दिए।

-थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *