Sajhamanch Archive

कमल गाउँपालिकामा अन्तराष्ट्रिय सहकारी दिवस मनाइयो

Published: (Updated: ) in सहकारी by .

कमल । “ दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी ” भन्ने मुलनाराका साथ आज देशभर विभिन्न कार्यक्रमगरी ९६ औं अन्तराष्ट्रिय सहकारी दिवस मनाईएको छ ।

कमल गाउँपालिका स्थित एउटै उद्देश्य रहेका नवोदय वहुउद्देश्यीय सहकारी संस्था, श्री पुर्व नेपाल बहुद्देश्यीय सहकारी संस्था र इन्द्रेणी बहुद्देश्यीय सहकारी सस्थाले संयुक्त रुपमा केर्खा बजारमा ¥यालीसहित केर्खा बजार परिक्रममा साथै विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

प्रभातफेरी पछि नवोदय बहुद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सहकारी बीच एकरुपता नभएका कारणले कतिपय सहकारी विभिन्न खालका समस्या आएको बताइन् । उनले गाउँपालिकाले सहकारी सम्बन्धि ऐन बनाउँदै गरेकोले केही सुभाब भए गाउँपालिकामा उपलब्ध गराउन सबै सहकारीलाई आग्रह गरेकी थिइन् ।

एक सहकारी एक उत्पादन नीति अपनाउन सहकारी कर्मीहरुलाई गाउँपालिका उपाध्यक्ष बेनु शिवकोटीले सुझाए । सहकारीले अवका दिनमा बचत र कर्जाको मात्र कारोवार प्रभावकारी नहुने भएकोले रचनात्मक कार्यक्रम गर्नुपर्ने बेला भएको सिवाकोटीले बताए ।

अहिले पुजिँगत र सहकारी मोडल बीच ऐन बनाउने कुरामा दुईमत रहेको जानकारी गराउँदै हाल बनिरहेको ऐन पास भएमा सहकारी संस्थालाई धारासाही बनाउने भएकाले सबै सहकारी कर्मीहरु चनाखो हुनु पर्ने जिल्ला सहकारी संघका सदस्य प्रेम कोइरालाले जानकारुी दिए ।

कार्यक्रममा नवोदय बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलिपकुमार चापागाई, क्याम्पा कृषि सहकारी संस्थाका अध्यक्ष प्रताप सुब्बा, शिक्षक हिमप्रसाद दाहाल, वडा नम्बर ३ का वडाध्यक्ष नरप्रसाद दंगाल, चन्द्र दर्शन सहकारी संस्थाका अध्यक्ष बालकृष्ण गौतम लगायतले ९६ औं अन्तराष्ट्रिय सहकारी दिवसका बारेमा बोलेका थिए । कार्यक्रम बलराम गजुरलेको सभापत्विमा सम्पन्न भएको थियो ।

कार्यक्रममा श्री पुर्व नेपाल वहुउद्येश्य सहकारी सस्थाका अध्यक्ष सालिकराम पोख्रेल, ईन्द्रेणि वहुउद्येश्य सहकारी सस्था अध्यक्ष रत्न थापा लगायत गाउँपालिकामा भएका सहकारी सस्थामा प्रतिनिधी , कर्मचारी को उपस्थिती रहेको थियो ।

आयोजक समिती सदस्य प्रेम सापकोटा ले सन्चालन गरेको कार्यक्रममा सदस्य मनमाया सिटौला ले स्वगत मन्तव्य राखेकी थिईन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *