Sajhamanch Archive

आगो लगाएर श्रीमानले गरे श्रीमतीकाे हत्या

Published: in राष्ट्रिय समाचार by .

कपिलवस्तु । कपिलवस्तुमा श्रीमानले आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। बाणगंगा नगरपालिका ४ झुँगा बस्ने वर्ष ३८ वर्षीय नरबहादुर मगरले आफ्नै श्रीमती वर्ष ३१ वर्षीया कुमारी मगरलाई आगो लगाएर हत्या गरेका हुन्।

आगोबाट शरीर जलेर गम्भीर भएकी कुमारीलाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर जीतपुर पठाइएको थियो। घाइतेको थप उपचारको लागि पाल्पा मिसन अस्पताल पठाइएकोमा शनिबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शरीरको बाहिरी भाग जलेको थियो। उनीहरूबीच घरायसी झगडा भएको प्रहरीले जनाएको छ।

श्रीमानले मादक पदार्थ सेवन गरेर श्रीमतीलाई आगो लगाएको अनुसन्धानबाट खुलेको छ। मृतकको शव पाल्पा मिसन अस्पतालमा राखिएको र आवश्यक अनुसन्धानपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ। श्रीमान नरबहादुरलाई इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्रबहादुर केसीले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *