Sajhamanch Archive

मेची किनारका १५ घरपरिवार विस्थापित

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

भद्रपुर। झापा भद्रपुर नगरपालिका ५ स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी वस्तीका वासिन्दा विस्थापित भएका छन्।

मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो बनाई छाडिदिएपछि मेची नदीले जमिन कटानका कारण सुकुम्बासी वस्तीका १५ घरपरिवार विस्थापति भएका हुन्। केही दिनदेखिको अविरल वर्षापछि मेची नदीमा पानीको सतह ह्वतै बढेको छ। पानीको सतह बढेपछि मेची नदीले धार परिवर्तन गर्दै नेपाल तर्फको भू–भागको जमिन कटान गर्न थालेकाले स्थानीय चिन्तित बनेका छन्।

मेची पुल निर्माण कम्पनीले पुलको दायाँ बायाँ डुंगा र तार जालीको तटबन्धन निर्माण गरेको छ। तर, पुलको दक्षिणतर्फ सुकुम्बासी वस्ती क्षेत्रमा अधुरो तटबन्धन निर्माण गरी छाडिदिएपछि त्यहाँका ४० घरपरिवारमध्ये अहिले १५ घरपरिवार विस्थापित हुनु परेको छ। पुल निर्माण कम्पनीले दक्षिणतर्फको वस्ती जोगाउन १७० मिटर तटबन्धन निर्माण गरिसकेको छ। थप ७० मिटर तटबन्धन निर्माणका लागि त्यहाँका स्थानीयले भद्रपुर नगरपालिका, पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरी समक्ष तटबन्धन बढाउन लिखित तथा मौखिक माग यसअघि नै राखेका थिए।

तर, कुनै निकायबाट पहल नभएपछि अहिले उनीहरू घरवारविहीन हुने अवस्थामा पुगिसकेको छ। ‘पहिला जमिन वस्ती भन्दा टाढा थियो’, स्थानीय मजुबुल शेखले भने, ‘अहिले मेची नदीले जमिन कटान गर्न थालेपछि वस्तीछेउ नदी आइपुगेको छ।’ ‘आफू परिवारसहित बस्दै आएको घरनजिकै नदी आएकाले घर भत्काई अन्यत्र सर्ने योजनामा छौं,ु उनले थपे। नदीको तटबन्धन अधुरो भएकोले वस्तीबासी अहिले चिन्तित बनेका छन्। ‘पुल निर्माण कम्पनीले तटबन्धन त बनायो। तर हाल बनाएको तटबन्धनले हामी सुरक्षित छैनौं स्थानीय बिर्जु सहनीले गुनासो पोखे।

‘नदी कति खेर जमिन काटुदै वस्तीमा पस्छ, थाहा छैन’, उनले भने, ‘अहिले गाउँबासी राती पालो गरी सुत्छौ। यो हाम्रो पीडा हो। अहिलेसम्म हाम्रो पीडा कसैले बुझि दिएको छैन।’ वर्षेनी डुबानको चपेटामा पर्दै आएका यहाँका बासिन्दा यस पल्ट डुबानमा परेका छैनन्। पुल निर्माण कम्पनीले दक्षिणतर्फ १७० मिटर तटबन्धन निर्माण गरेकाले पानी वस्तीमा पस्न पाएको छैन। तर, वस्ती बसेको स्थानसम्म तटबन्धन नहुँदा उनीहरू अझै पनि त्रसित देखिएका छन्। नदीले कटान सुरु गरेपछि नदी छेउका स्थानीयले घर भत्काउँदै जमिन खाली गर्न थालिसकेका छन्। विद्युतीय पोलबाट विद्युत समेत काट्न थालिसकेको छ।

करिब ४० घरपरिवार बस्दै आएको सो वस्तीमा विस्थापति भएका घरपरिवारलाई सुरिक्षत स्थानतर्फ सार्ने भद्रपुर ५ का वडा अध्यक्ष बन्धु कार्कीले बताए। ‘विस्थापित परिवारलाई नजिकै रहेको भद्रपुर माविको कोठामा सार्ने भएका छौ’, वडा अध्यक्ष कार्कीले भने, ‘बाढी आउने संभावना देखिएकोले विस्थापित परिवारजनलाई केही दिन विद्यालयमा राख्छौ। यस समस्याको बारेमा नगरपालिका कार्य पालिकाको बोर्ड बैठकमा कुरा उठाउँछौ।’ तटबन्धन निर्माणमा सम्बन्धित पक्षले चासो देखाएन स् वडाध्यक्ष कार्की पूर्वपट्टि मेची नदी र पश्चिममा पैनीसहितको खोलाले वर्षेनी बर्खाको समयमा बाढीले यो वस्ती डुबान पर्छ।

उच्च जोखिम पर्ने वस्तीलाई सुरक्षित बनाउन र सधैँका लागि समस्याको सामाधानका गर्न भद्रपुर ५ वडा कार्यालयले केही महिना अघिदेखि नै चासो देखाएको थियो। गत चैतमा वडा कार्यालयकै पहलमा अधुरो तटबन्धन वस्तीसम्म निर्माणका लागि पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका इन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गर्दै नापचाँज गरेका अध्यक्ष बन्धु कार्कीले बताए। इन्जिनियरसहितको टोलीले नापजाँच गर्दै अधुरो तटबन्धन नबढाए वस्ती पुनः डुबानमा पर्ने निष्कर्श समेत निकालेका थिए।

पुल निर्माण कम्पनीलाई तटबन्धनको लम्बाई बढाउन हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका इन्जिनियर उपेन्द्र दासले आग्रह गरेका थिए। आग्रह गर्दा समेत समयमा तटबन्धन नबन्दा अहिले यस्तो परिस्थिति फेरि सिर्जना भएको वडा अध्यक्ष कार्कीले बताए। ‘हुलाकीको इन्जिनियर दासको सरुवा भइसकेको छ’, उनले भने, ‘पुल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडासँग पनि सम्पर्क हुन सकेको छैन।अव यसलाई कसले बनाउने हो थाहा छैन।ु यता पुल निर्माण कम्पनीका खतिवडाले भने, ‘हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गर्न साथ अधुरो तटबन्धन बनाइ दिन्छौ।’

वर्खा अघि तटबन्धन बनाउने विषयमा हुलाकीले आवश्यक सामग्रीको व्यवस्थापन नगरि दिएकोले समस्या उत्पन्न भएको उनले बताए। त्यसैगरी हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका सब इन्जिनियर सुरेन्द्र यादवले भने, ‘यो बर्खामा अहिले तटबन्धन सम्भव नरहेकोले यो बर्खा सकिन साथ सो अधुरो तटबन्धन निर्माण कार्यलाई पूरा गर्न हुलाकी कार्यालय सकारात्मक छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *