Sajhamanch Archive

रानी सामुदायिक वनले प्रदेश कै ठुलो सिमसार क्षेत्र बनाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुरुङ्गा । दक्षिणी झापाको रानी सामुदायिक वन समुहमा रहेको सिमसार पोखरीलाई प्रदेश नम्बर १ कै ठुलो सिमसार क्षेत्र बनाइने भएको छ ।

झापा गाउँपालिकामा आयोजित वृहत्तर विकास सम्बन्धि कार्यक्रममा सामुदायिक वनलाई पर्यापर्यटकिय क्षेत्रका रुपमा अगाडि बढाइने जानकारी दिइएको हो ।

१०४ हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वनमा हाल पनि १५ हेक्टर क्षेत्रमा सिमसारयुक्त पोखरी रहेको र पोखरीमा माछापालन गरिएको रानी सामुदायिक वन समुहका सचिव भवेन्द्र भण्डारीले बताए ।

आयोजित कार्यक्रममा सो वन समुहमा लोपोन्मुख सन्थाल जातिको संस्कृति झल्कने कलाकृति र नाचगान प्रस्तुत गरिने तथा नेपालमै पहिलो संन्थाल होमस्टेको रुपमा विकासित गरिने भएको छ ।

झापा गाउँपालिका नेपालमै वढी सन्थाल बस्ती भएको गाउँपालिका समेत भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । कार्यक्रममा गाउँपालिकाकै एकमात्र सामुदायिक वनलाई काठ दाउरा भन्दा पनि पर्यापर्यटकिय क्षेत्रका रुपमा विकसित गर्न पिकपिक स्पर्ट, भ्यु टावर, जडीबुटी खेती , चिडियाघर लगायातको क्षेत्रका रुपमा विकसित गदै लैजान गुरु योजना सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एलपी साँबा लिम्बु , प्रदेशसभा सदस्य हिराकुमार थापाले यस क्षेत्रको प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकासित गर्न केन्द्र र प्रदेश सरकारले पहल गर्ने बताए । कार्यक्रममा कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , लगायातले पर्यटकीय क्षेत्रका रुपमा अगाडि वढाउन उद्यमी व्यावसायीले समेत सक्दो सहयोग गर्ने जानकारी दिए । कार्यक्रम रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *