Sajhamanch Archive

बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्ग, यातायात एकतर्फी सञ्चालन

Published: in राष्ट्रिय समाचार by .

लहान । पूर्व–पश्चिम सडकअन्तर्गत पर्ने सप्तरीको महुली पुलको पश्चिमी भागको सडक भास्सिको चौथो दिन भत्किएको छ।

अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड शनिबार साँझ भत्किएको हो। पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा चिरा परेको थियो। जमिनको सतह र पुलबाट करिब दुई फिटमुनिबाट बग्ने पानीले कटान गरेपछि चिरा परेको पुलको ५० मिटर खण्ड भत्किएको वडाअध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार पुलको पश्चिम–उत्तरमा भत्किएको भए पनि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ। पुलको बीच भागको सडक उत्तरतर्फ भत्किए पनि लहानस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल गर्न सकिने मर्मत गरिँदैछ। चुरे दोहनले कटान पूर्व–पश्चिम सडकबाट मुस्किकले एक किलोमिटर उत्तर पर्ने चुरे जङ्गलमा भएको फडानीले महुली खोलाले बर्सेनि क्षति पुर्‍याउँदै आएको छ।

चुरे विनाशसँगै वर्षातमा बगेर आउने बालुवाले खोला पुरिंदै गएपछि महुली पुलको एक फिटमुनिबाट पानी बग्ने गरेको छ। जमिनको सतहसँगै रहेको पुलमुनिको पानी वर्षातमा फैलिएपछि खेतीयोग्य जग्गा समेत कटान हुँदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *