Sajhamanch Archive

सुरुङ्गामा एनआइसी एशिया

Published: in अर्थतन्त्र by .

सुरुङ्गा । झापाको सुरुङ्गामा एनआइसी एसिया बैँकले शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका बीच बैैंकले २१२ औँ शाखाका रुपमा सुरुङ्गामा उद्घाटन गरेको हो ।

बैंकको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरी कनकाई अब आर्थिक उन्नतिको नगरीको रुपमा पनि विकसित गर्दै जाने निति लिएकाले बैँक तथा वित्तिय संस्थासँग हातेमालो गर्न तयार रहेको बताए । पोखरेलले नगरपालिकाले यसै आर्थिक वर्षबाट घरघरमा सामाजिक सुरक्षा र बृद्धभत्ता वितरणका लागि एनआइसी बैँकबाटै सम्बन्धित बृद्ध बृद्धाको घरमा पुर्याउने समेत जानकारी दिए ।

कार्यक्रममा एनआइसी बैँकका क्षेत्रीय उपप्रमुख रविन वारियाले हाल २० औँ बर्ष मनाई रहेको बैँकले देशभर २२५ वटा शाखा खोलिसकेको, २१२ एटिएम संचालन गरी ११ वटा शाखा रहित बैकिङ शाखा चलाइरहेको समेत जानकारी दिए । देशमै सबैभन्दा वढी शाखा रहेको यस बैँकको निक्षेप १ खर्ब ५० अर्ब र कर्जा लगानी १ खर्ब २० अर्ब रहेको समेत जानकारी गराइएको थियो ।

बैँकका शाखा प्रवन्धक सागर दाहालले कनकाई नगरपालिकाका साथमा छिमेकी झापा गाउँपालिका, शिवसताक्षी र बाह्रदशी गाउँपालिका क्षेत्रका सानाठुला कारोबारीलाई बैकिङ् सेवा प्रवाह गर्न मद्धत पुग्ने वताए ।

कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायतले बैँकले यस क्षेत्रको आर्थिक गतिविधि र उद्योगी व्यवसायीलाई फाइदा पुग्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *