Sajhamanch Archive

विर्तामोडमा खाल्डोमा डुबेर बालक र करेन्ट लागेर बृद्धाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड नगरपालिकामा नगरपालिका वडा नंं. ७ मा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारी रहेका छन् । आइतबार दिउँसो दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा डुबेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर बिर्तामोड–२ की धनमाया लिम्बूको मुत्यु भएको छ। ६५ वर्षीया लिम्बूलाई विद्युत् जडान गर्ने क्रममा  करेन्ट लागेको प्रहरीले जनाएको छ। विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *