Sajhamanch Archive

देशभर बदली, पूर्व र पश्चिममा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो ।

महाशाखाका अनुसार, आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।

देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाकाे भनाइ छ । पूर्व र पश्चिमका केही स्थानहरुमा भने महाशाखाले भारी वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार, भोलि दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना छ ।

असार २७ गते (बुधवार) दिउँसो सामान्य बदली हुने प्रक्षेपण महाशाखाको छ । मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरुमा भने भारी वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *