Sajhamanch Archive

अपहरण तथा शरीर बन्धकका आरोपित गिरफ्तार

Published: in राष्ट्रिय समाचार by .

पाँचथर । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पाँचथर प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।

अदालतको फैसलाबाट दोषी ठह¥याइएका फाल्गुनन्द गाँउपालिका वडा नं. ५ फाक्तेपका रिसन चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक बनाउने घट्नामा सम्लग्न उनलाई पाँचथर जिल्ला अदालतले २०७१ साल मंसिर २ गते ४ वर्ष कैद र ३० हजार रुपैँया जरिवाना हुने फैसला सुनाएको थियो ।

घट्नापछि चेम्जोङ फरार थिए । चेम्जोङलाई शनिवार गाँउबाटै पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई कैद भुक्तानीका लागि पाँचथर जिल्ला कारागार चलान गरिएको छ प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *