Sajhamanch Archive

स्थानिय तहलाई जिम्मेवारी हस्तान्तरण

Published: in स्थानीय तह by .

फिदिम । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले राज्यको पुनरसंरचना अन्तरगत आफ्ना सबै जिम्मेबारी जिल्लाका ८ वटैस्थानीय तहहरुलाई हस्तान्तरण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा एक कार्यक्रम गरी स्वास्थ्य संस्थाका सबै जिम्मेबारी हस्तान्तरण गरेको हो । कार्यक्रममा ५५ वटा संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख डा. बुद्धि बहादुर थापाले बताए । भौतिक तथा मानवीय साधनसमेत स्थानीय तहलाई हस्तान्तरण गरीएको उनको भनाई छ ।

न्यायको क्षेत्रमा बसेर सम्पूर्ण काम छिटो र सहज रुपमा सम्पन्न गर्नु पर्ने जिम्मेबारी स्थानिय तहको काँधमा रहेकोले यसलाई कानुनको मर्म अनुरुप कार्यान्वयन गर्न आफु पछि नहट्ने फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताए ।

कार्याक्रममा जिल्ला समन्वयन समितिका सभापति विष्णुप्रसाद सापकोटाले स्थानीय सरकारलाई सशक्त र बलियो बनाउन संविधानले व्यवस्था गरेकोले नीति नियममा रहेर व्यवहारिक जटिलताका विचमा पनि स्वास्थ्य हस्तान्तरण गर्न सफल भएको बताएका छन् । जनतालाई गुणस्तर स्वास्थ्य सेवा उपलब्ध गर्न सहज बनाउने उद्देश्यले स्थानीय तहहरुलाई संस्था हस्तान्तरण गरिएको सापकोटाको भनाई छ ।

कार्यक्रमा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलगायतको उपस्थीती रहेको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला समन्वयन समितिको संयुक्त आयोजनमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *