Sajhamanch Archive

झापामा लागु औषधसहित चार जना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

झापा । नेपालकोे पूर्वी सिमाना काँकरभिट्टा स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाअन्तर्गत रहेको लागुऔषध नियन्त्रण प्रहरी ब्युरो टोलीले सोमबार बेलुका भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर नगरपालिका ९ निवासी रोशन डाँगीलाई पक्राउ गरेको हो ।

डाँगीले सर्टको बाहुला भित्र ब्राउन सुगर लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँचको क्रममा बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

डाँगीलाई पक्राउ गर्दै प्रहरीले थप अनुसन्धान गर्दा ब्राउन सुगर ओसारपोसारमा संलग्न मेचीनगर ९ निवासी मनिष आचार्य, फुर्बा शेर्पा र बारा निजगढ निवासी विष्णु थापालाई समेत पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *