Sajhamanch Archive

फ्रान्स १२ वर्षपछि फाइनलमा, उम्टीटीको गोलले स्तब्ध बन्यो बेल्जियम

Published: in खेलकुद by .

फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ। फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो। उम्टीटीको उक्त एकमात्र गोल खेलको निर्णायक बन्यो।

कर्नरबाट आएको बललाई उम्टीटीले हेडमार्फत गोलमा परिणत गरेका थिए। खेलको म्यान अफ द म्याच पनि स्यामुअल उम्टीटी बने। खेलमा दुवै देशले उत्कृष्ट अवसर सिर्जना गरेका थिए तर गोल गर्न भने असफल रहेका थिए। दुवै देशले खेललाई रक्षात्मक बनाएका थिए।

फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको हो। यसअघि सन् २००६ मा फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। फ्रान्सले विश्वकप जित्नका लागि इंग्ल्यान्ड र क्रोएसियाबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *