Sajhamanch Archive

तमोर करिडोर निर्माणसँगै बदलियो स्थानीयको दैनिकी

Published: (Updated: ) in समाज by .

पाँचथर । तमोर करिडोरको सडक निर्माण भएसँगै पाँचथरको दक्षिणी भेगका स्थानीयको जीवनशैली परिवर्तन भएको छ ।

विशेष गरी पाँचथरको कुम्मायक र तुम्वेबा गाउँपालिकाका स्थानीयको दैनिकी बदलिएको हो । तमोर करिडोरको निर्माणपछि छोटो दुरीमा पाँचथर धरानसँग जोडिँदा उक्त क्षेत्रका स्थानीय हर्षित छन् ।

स्थानीयले उत्पादन गरेका फलफूल, सागसब्जी तथा नगदेवाली धरानका बजारसम्म पुग्न थालेका छन् । स्थानीयवासीले गाउँमा उत्पादन गरेका बस्तु अहिले एकै दिनमा धरानसम्म पुग्ने गरेको स्थानीय दलबहादुर सोडारीले बताए । जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकबाट धनकुटाको लुमुघाटसम्म ७६ किलोमिटर मात्रै दूरी छ ।

छोटो दुरीमा पाँचथरले धरानलाई जोडेपछि अहिले कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाबाट दर्जन बढी सवारी साधन धरान हुँदै प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरसम्म आवत–जावत गर्ने गरेका छन् ।

हाल निर्माणाधीन तमोर कोरिडोरमा सप्तकोशीको सहायक नदी तमोरको किनारै किनार धनकुटाको मुलघाट, पाँचथरको माझीटार, ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्म पु¥याएर चीनको तिब्बतसम्म जोड्ने लक्ष्य अनुसार निर्माणको कार्य भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *