Sajhamanch Archive

एकता विस्तारको बाटो खुल्यो, नेकपाको नियमावली पारित

Published: in राजनीति by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टीको नियमावलीलाई पारित गरेको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो ।
बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नियमावलीलाई अन्तिम रुप दिन पार्टीको सचिवालय बैठक मंगलबार पनि बसेको थियो । मंगलबार निष्कर्ष नआएपछि बैठक आजका लागि सारिएको थियो ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।

एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ । नियमावलीको अभावमा एकीकृत पार्टी र भातृसंगठनका केही काम रोकिएका थिए ।

नियमावलीलाई अन्तिम रुप दिएसँगै प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता प्रक्रियाको बाटो खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *