Sajhamanch Archive

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबासमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

घोरेटार बजारबाट सामान बोकेर भोजपुर सदरमुकाम आउँदै गरेको को १ त ८६३१ नम्बरको ट्याक्टर रानीबास लुङ्गेनमा दुर्घटना हुँदा चालक हतुवागढी गाउँपालिका ५ का २७ वर्षीय कृपा राईको घटनास्थलमै मृृत्यु भएको हो ।

बे्रक फेल भएर ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको इन्सपेक्टर चरित्रविक्रम कार्कीले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार ट्याक्टर नियन्त्रण गुमाएर लडेको थियो ।

बुधबार बिहान पौने १० बजेतिर ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार अन्य  तीनजना भने सामान्य घाइते छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *