Sajhamanch Archive

मेचीनगरमा एक अर्व बढीको बजेट

Published: (Updated: ) in स्थानीय तह, by .

मेचीनगर ।मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गरेसँगै १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा बुधबार सम्पन्न नगर सभाको दास्रो वैठकले आगामी आर्थिक वर्षका लागि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेलले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

‘मेचीनगर नेपालको पूर्वी प्रवेशद्वार  कृषि र पर्यटन समृद्धिको मुल आधार’ भन्ने नाराका साथ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृति गरिएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए । नगरको समृद्धिका लागि आगामी वर्ष विशेष कार्यक्रम सञ्चालन गरिने प्रमुख आचार्यले बताए । उपप्रमुख उप्रेतीले आर्थिक वर्ष २०७५÷२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उप्रेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालनको अभ्यास, कृषि, पर्यटन, भौतिक पूर्वाधार, योजना छनौट तथा स्वीकृती, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, समावेश गरिने, लागत सहभागिता सम्बन्धि नीति, विषयगत क्षेत्र सम्बनिध नीतिहरुलगायतका विषय समेटिएको छ ।

चालु आर्थिक वर्षमा लागत सहभागिता बाहेक करिब ८० लाख रुपैयाँ एउटा वडामा रकम पठाएको नगर सभाले आगामी वर्षका लागि लागत सहभागिता बिना नै एक करोड रकम विनियोजन गर्ने निर्णय गरेको मेचीनगरकी उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक उप्रेतीले बताइन् । नगरले गौरवका योजना अन्तरगत केही महत्वपूर्ण काम गर्ने गरी नीति तथा कार्यक्रम पारित गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् । उनका अनुसार गौरवका योजना अन्तरगत जनता आवास कार्यक्रम शुरु गरिएको छ । जसमा सुकुम्बासीहरुलाई नगरपालिकाको तर्फबाट घर निर्माण गरिनेछ । त्यस्तै, मेचीनगर–७ मा सेनेटरी ल्यान्डफिल्ड साइड निर्माण गरिने भएको छ ।

नगरलाई स्वच्छ, सफा राख्न यो ल्यान्डफिल्ड साइडको निर्माणले सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ । नगरको गौरवका योजना अन्तरगत नै मेचीनगर–१० मा साइन्स सिटी निर्माण गरिने, रिङरोड विस्तार गरिने, मेचीनगर—४ र ५ वडामा पशु अनुसन्धान केन्द्र स्थापना, वाटरवल्र्ड, सास्कृतिक संग्राहलय, कृषि मण्डीको सम्भाव्यता अध्ययन गरिने पनि जनाइएको छ । त्यस्तै, मेचीनगर—६ र १० मा शौचालय निमार्ण, नगर पाश्वचित्र, भु उपयोगी गुरु योजना, युवा स्वयमसेवक लगायतका विकासे कार्यक्रम यसवर्ष परेका छन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले मेचीनगर नगरपालिकाको आव ०७५।०७६ को लागि नगरपालिकामा कृषि व्यापार, उघोग पर्यटनको विकास गर्ने, शिक्षा स्वस्थ्यका पुर्वाधारको विकास गर्ने, व्यवस्थित वसोवास वातावरण सन्तुलन, सामाजिक, धार्मिकलगायका विभिन्न क्षेत्रहरुको विकास र विस्तार गर्ने लगायतलाइ समेटेर वनाइएको बताए ।

चालु आर्थिक वर्षमा मुख्य कार्यक्रमहरुमा चालु खर्च र पुँजीगत खर्च यस्तो रहेको छ । जसमा नगर स्तरिय कार्यक्रममा ४ करोड ६९ लाख २३ हजार ४ सय १५, वडा स्तरिय कार्यक्रममा १३ करोड ९ लाख ४६ हजार, विषयगत शशर्त अनुदान २८ करोड ८० लाख, ऋणको साँवा व्याज भुक्तानी १ करोड ३० लाख, सामाजिक सुरक्षा भत्ता २९ करोड र समपुरक कोषमार्फत २ करोड ५ लाख रुपैयाँ छुट्टाइएको छ ।

त्यसैगरी, नगरपालिकाका पदाधिकारीको सुविधा र पारिश्रमिक २०७४÷७५ मा १ करोड १८ लाख २० हजार रुपैयाँ खर्च भएको छ भने चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि १ करोड ५० लाख रुपैयाँ खर्च छुट्टाइने योजना बनाइएको छ ।

उपप्रमुख उप्रेतीले नगरपालिकाको १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको विनियोजीत बजेट सहितको नीति तथा कार्यक्रमको सार्वजनिक गरेकी थिइन् । जस्को आम्दानीमा आन्तरिक श्रोतबाट ६ करोड १४ लाख ५ हजार, राजस्वबाट १४ करोड ७६ लाख ३२ हजार, नेपाल सरकार वित्तीय समानीकरण अनुदानबाट २५ करोड २२ लाख ६६ हजार, नेपाल सरकार सर्शत अनुदानबाट २८ करोड ८० लाख, प्रदेश सरकार सवारी साधन करको राजस्व वाडफाड अनुदानवाट २ करोड ३७ लाख ५ हजार र वित्तिय समानीकरण अनुदानबाट ५३ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्ता वाट २९ करोड, सडक वोडबाट ५५ लाख, भुमिगत श्रोत खानी उपयोगवाट प्रात्त १ करोड ५० लाख रुपैयाँ योजनामा लागत सहभागिताबाट ४ करोड ८ लाख २२ हजार १५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरको कृषि, पर्यटन औेधोगीक विस्तार, पुर्वाधार विकास, स्थानीय सुशासन, डिपीआर तयारी लगायतका योजनाहरुलाई कार्यन्वयन गरिने जनाएको छ ।

मेची नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको बन्दसत्रको सञ्चालन नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *