Sajhamanch Archive

ऐतिहासिक जीत निकाल्दै फाइनलमा क्रोएसिया

Published: in खेलकुद by .

२० वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ।

क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया डेव्यु गरेकै वर्ष सन् १९९८ मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो।

विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै आफ्नो यात्रा अगाडि बढाएको हो। क्रोएसियाका लागि खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल निर्णायक बन्यो। निर्धारित समयमा एक एक गोलको बराबरी खेल सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो। पाँचौ मिनेटमा गोल खाएर पछि परेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।

इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए। पेरिसिक खेलको म्यान अफ द म्याच बने। जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो। मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पाइनल यात्रा गरेको थियो। विश्वविजेता बन्न क्रोएसियाले फाइनलमा फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *