Sajhamanch Archive

गुणस्तरीय मल उत्पादनका लागि कृषकलाई अनुदानको घोषणा

Published: (Updated: ) in राजनीति by .

काठमाडौं सरकारले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरूलाई अनुदान दिने घोषणा गरेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरूलाई अनुदान दिने घोषणा गरेका हुन्। उनले जैविक खेतीको उत्थानका लागि विषादी नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। मन्त्री खनालले विभिन्न मुलुकबाट नेपालमा आयात भइरहेको मलको गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको विकासमा पनि सरकारले जोड दिने नीति लिएको बताए।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा जैविक खेती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा जैविक खेतीको उत्थानका लागि कर्णाली प्रदेशलाई मुख्य केन्द्र बनाएर सरकारले विभिन्न अभियान संचालन गर्ने योजना पनि अघि सारेका थिए। मन्त्री खनालले रासायनिक मलको आयातमा रोकावट गरेर अघि बढे नेपालमा जैविक खेतीले ठूलो लाभ दिने पनि स्मरण गराए।

मन्त्री खनालले नेपालमा कृषि उत्पादन बढाउन कृषीमा लगानी बढाउनुपर्ने बताए। नेपालमा हाल कृषि क्षेत्रमा कूल बजेटको २ दशमलव ९ प्रतिशत मात्रै लगानी हुने गरेको छ। मन्त्री खनालले सरकारले कृषि उत्पादन बढाउन लगानीमा बढाउँदै लैजाने नीति लिएको पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *