Sajhamanch Archive

स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारबाट पत्रकार दाहाल सम्मानित

Published: in समाज by .

पाँचथर । वरिष्ठ पत्रकार तारानाथ दाहाल स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले चार वर्ष अगाडिदेखि गर्दै आएको यो पुरस्कार यस वर्ष दाहाललाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति पाँचथरका सभापति विष्णुप्रसाद सापकोटा विमलले सम्मान पत्र, नगद र दोसल्ला ओडाएर दाहाललाई सम्मान गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले रु २२ हजार २२२ समेत पत्रकार दाहाललाई हस्तान्तरण गरेका छन् । सम्मानपछि बोल्दै दाहलले जनतालाई सत्य र तथ्य थाहा दिने र जनतालाई रचनात्मक माध्यम बनाइदिने काम पत्रकारको भएकोले पत्रकारले भुभिका अत्यन्त महत्वपूर्ण भुमिका खेलेको बताए । प्राप्त सम्मान लोकतान्त्रिक आन्दोलमा पत्रकारले अधिकार खोसिएको अवस्थाको प्रतिरोधबाट पाएको सिम्बोल भएकोले पाँचथर शाखाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगाना, जिल्ला समन्वय समितिका प्रमुख सापकोटा लगायतले बोलेका थिए ।

वि.सं २०६१÷६२ को दोस्रो जनआन्दोलनका क्रममा ३५ दिन जेल जीवन बिताउनु भएका महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले गणतन्त्र स्थापनापछि क्षतिपूर्ति स्वरुप राज्यबाट पाएको रु ३५ हजारबाट कोष स्थापना गरी २०७२ सालदेखि सम्मान दिन सुरु गरिएको हो । यसअघि पत्रकार शिव गाउँले र विष्णु निष्ठुरी र किसोर नेपाल सम्मानित भइसकेका छन् ।

सोही अवसरमा स्व हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो । यो पुरस्कारबाट पाँचथरकी सञ्चारकर्मी राधा गौतमलाई पुरस्कृत गरीएको थियो । फिदिमका व्यवसायी नरेन्द्र अधिकारीले आफ्ना माता–पिताको नाममा यो पुरस्कारको स्थापना गरिएको होे । वातावरण व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कलम चलाउने एकजना पत्रकारलाई हरेक वर्ष दिइने यो पुरस्कारको राशि रु पाँच हजार ५५५ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *