Sajhamanch Archive

अर्जुनधाराको बजेट ५८ करोड ५८ लाख ८१ हजार

Published: (Updated: ) in स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको दोश्रो नगर सभामा आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रम समितिका संयोजक तथा नगर उपप्रमुख कमला खतिवडाले नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास नीति, खानेपानी तथा सरसफाई , विपद् व्यवस्थापन तथा राहत सम्बन्धि नीति, विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धि नीति, सामाजिक विकास नीति, स्वास्थ्य नीति, वन तथा वातावरण नीति प्रस्तुत गरेकी छिन् ।

उनले कृषि तथा पशु विकास सम्बन्धी नीति, उद्योग, वाणिज्य एंव बजार व्यवस्थापन नीति, पर्यटन विकास नीति, लैगिक समावेशीकरण, युवा तथा खेलकुद सम्बन्धि नीति, राजश्व र वित्तिय सम्बन्धी नीति, सुशासन सम्बन्धी नीति नगर सभामा प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि कुल आय र व्यय ५८ करोड ५८ लाख ८१ हजार विभिन्न शिर्षकमा विनियोजन गरेको उप–प्रमुख कमला खतिवडाले बताइन ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा भएको नगर सभामा आर्थिक विधेक र विनियोजन विधेक २०७५ सर्वसम्मत स्विकृत गरी सभाले विशेष निर्णहरु समेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताए ।

प्रस्तुत नीति तथा कार्यक्रम नगर प्रमुख रानाले प्रमाणिकरण गरेपछि कार्यान्वयनमा आउने व्यवस्था रहेको खतिवडाले जानकारी दिए । प्रमुख रानाले प्रमाणिकरण गरेपछि बजेटका शिर्षकहरु सार्वजनिकरण गर्ने कार्यक्रय रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *