Sajhamanch Archive

अक्सिजनको मूल्य १२५ प्रतिशत बृद्धि

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १२५ प्रतिशतसम्म मूल्य बढाएका छन् ।

मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४५० रुपैयाँ बनाएका हुन् ।

हरेक जिल्लामा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा त्यसअन्तर्गत रहेको संयन्त्रको हो । तर, गृह मन्त्रालय अन्तर्गतको यो संयन्त्र कमजोर र निस्प्रभावी हुँदा व्यापारीले अक्सिजन ग्यासजस्तो समवेदनशील बस्तुमा दोब्बरभन्दा बढीले मूल्य बढाएका हुन् । –कारोबार दैनिकबाट

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *