Sajhamanch Archive

सडकमा लेन मिच्ने चालकलाई घरमै फोन आउँछ !

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना क मगर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको छ ।

महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ । यस्तो भेइकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारी अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको महाशाखाका प्रमुख वसन्त पन्तले बताए ।

क्यामेराले खिचेका फुटेजका आधारमा ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँग लेन मिच्ने वा जथाभावी लेन अनुशासन उल्लंघन गर्ने सवारी धनीको पुरा विवरण मागेर घरमा नै फोन गर्नेछ ।

यसरी फोन गर्दा ट्राफिक प्रहरीले सवारीले लेच मिचेको जानकारी गराउँदै ट्राफिक कार्यालयमा बोलाउने छ । तीन पटकसम्म आग्रह गर्दा पनि सवारी धनी उपस्थित नभएमा सवारीसहित चालकलाई नियन्त्रणमा लिनेछ । –राजधानी दैनिकबाट

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *