Sajhamanch Archive

कनकाई नगरपालिकामा घरबार विहीनलाई मेयर आवास कार्यक्रम सुरु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by .

कनकाई । कनकाई नगरपालिकाले घरवार विहीन नागरिकलाई आवाश कार्यक्रम सुरु गरेको छ । नगरपालिका र विभिन्न संघ संस्थाको आयोजनामा १५ परिवारका लागि घर निर्माण गर्न सुरु गरिएको हो ।

कनकाई नगरपालिकाबाट २५ लाख , सहारा नेपाल सहकारी संस्थाको १४ लाख र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको २ लाख गरी जम्मा ४१ लाखको लागतमा कनकाई नगरपालिका ७ रेडक्रस टोलमा घर निर्माण सुरु गरेको कनकाई नगरपालिकाले जनाएको छ ।

उक्त आवाश कार्यक्रमको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले धार्मिक विधिका साथ शिल्यान्यास गरेका छन् । नगरपालिका भित्र २०५० साल भन्दा अघिदेखि बसोवास गर्दै आएका तथा देशभर आफ्नो जमिन र घर नभएका परिवारलाई जमिन तथा घर निर्माण गरि राखिने नगर प्रमुख पोखरेलले जानकारी दिए ।

नगरले घरबार विहीन परिवारको पहिचानकालागि नगरका ९ वटै वडामा प्रतिनिधि खटाइएको समेत पोखरेलले बताए । यस मेयर आवाश कार्यक्रमलागि यस आर्थिक वर्ष २०७५।७६ मा समेत नगरपालिकाको तर्फबाट २५ लाख रुपैँया थप बजेट विनियोज गरिएको कनकाई नगरपालिकाका प्रशासकीय अधिकृत देबेन्द्र कार्कीले जानकारी दिए ।

यस वर्षदेखि यस कार्यक्रमका लागि साझेदारीमा विभिन्न संघ संस्थाहरु समेत सामेल हुने र नगरपालिका भित्र सुकुम्बासी र घरवार विहीनहरुको सङ्ख्या रहुन्जेलसम्म कार्यक्रमले निरन्तर पाउने त नगर प्रमुख पोखरेलले बताए । यस वर्ष कनकाई ७ मा ३ कठ्ठाजमिनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने समेत पोखरेलले बताए ।

स्थानीय निकायको निर्वाचनताका जनतासँग गरिएको वाचा पुरा गर्ने क्रममा मेयर आवास कार्यक्रम गरिएको वडाध्यक्ष लीला कन्दङ्बाले बताए । मेयर आवाश निर्माण समितिका अध्यक्ष प्रेमप्रसाद उप्रेतीको सभापतित्वमा भएको शिल्यान्स कार्यक्रममा , जिल्ला समन्वय समितिका सदस्य मराङ हस्दा , नेपाल कम्युनिष्ट पार्टीका कनकाईनगर संयोजक चन्द्रमान कन्दङवा , राप्रपाका नारायणप्रसाद पोखरेल , लगायातले गरिबहरुका लागि लक्षित कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *